बिहीबार, वैशाख २०, २०८१

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

मेरोन्यूज २०८० साउन १८ गते १७:५६

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने बताइएको छ ।

गत मंगलबार बसेको बैठक कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

शनिबार साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन्छ ।

प्रतिक्रिया