शनिबार, वैशाख २२, २०८१

प्रस्तावित तीन राजदूतबारे आज संसदीय सुनुवाइ हुँदै

मेरोन्यूज २०८० साउन १८ गते ९:४२

काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनामाथि संसदीय सुनुवाइ हुँदैछ । दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनामाथि सुनुवाइ हुन लागेको हो ।

Advertisement

संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीमाथि संसदीय सुनुवाइ हुने छ ।

बुधबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका आवासीय प्रतिनिधिमा सिफारिस लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगमा सिफारिस राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईमाथि संसदीय सुनुवाइ सकिएको छ ।

गत असार २६ गते मन्त्रिपरिषद बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सिफारिस राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

प्रतिक्रिया