मंगलबार, वैशाख २५, २०८१

काठमाडौँसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

मेरोन्यूज २०८० असार २२ गते ६:२२

काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुृकभर आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

Advertisement

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राति देशभर पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ।

महाशाखाले मेघगर्जन र चट्याङसहित भारी वर्षाका कारण हुने सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन प्रभावित हुन सक्ने देखिएको र गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया