बिहीबार, वैशाख २७, २०८१

चुडामणि शर्मासहित तीन जनालाई नौ वर्ष जेल, जनही ६ अर्ब १५ करोड जरिवाना

मेरोन्यूज २०८० असार ५ गते १७:५५

काठमाडौँ । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मालाई ९ वर्षभन्दा बढी कैद सजाय तोकेको छ । उनीसहित तीन जनालाई अदालतले सजाय तोकेको हो ।

Advertisement

अदालतले शर्मा र उमेशप्रसाद ढकाललाई जनही नौ वर्ष तथा लुम्बध्वज महतलाई नौ वर्ष एक महिना कैद सजाय तोकेको हो ।

तीनै जनालाई जनही दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।

प्रतिक्रिया