बुधबार, वैशाख २६, २०८१

निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार

बैरागी नेपालमै पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त

मेरोन्यूज २०८० जेठ ३२ गते १०:२७

काठमाडौं । सरकारले निवर्तमान मुख्यसचिव शंकरदाश वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

Advertisement

बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैरागीको तीन वर्षै कार्यकाल आगामी असोज १४ मा सकिदैथ्यो । उनलाई राजीनामा दिन लगाएर असार ३ मा पदमुक्त हुन लागेको बैकुन्ठ अर्याललाई सरकारले मुख्यसचिव बनाएको हो। बैरागीलाई मन्त्री स्तरीय सेवा सुविधा दिने गरी सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय लिएको छ ।

बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने पहिलो पटक नियुक्त गरिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् ।त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

प्रतिक्रिया