बिहीबार, वैशाख २७, २०८१

डा.वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

मेरोन्यूज २०८० जेठ ३२ गते १०:१८

काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ।

Advertisement

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो । बैरागीलाई भनेराष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।

बैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको छ ।

नवनियुक्त माुख्यसचिव अर्याल केही महिना अगवाडी मात्रै सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तानिएका थिए । शंकरदाश वैरागीलाई भने सुरक्षा सल्लाहकारको रुपमा नियुक्त गरिएको छ । मनित्रपरिषद्को बैठक अगाडी सुरक्षा परिषद्को समेत बैठक बसेको थियो। त्यस बैठकमा समेत अनुमोदन गराएर प्रधानमन्त्रीले बैरागीलाई सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरेका हुन् ।

अर्यालको पदावधी असार ३ मा सकदिैथियो । तर उनलाइृ पदावधी सकिनु तीन दिन अगाडी मात्रै सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । बैरागीको भने तीन वर्षे कार्यकाल आगामी असोज १४ मा सकिदैथियो । तर उनलाई मुख्यसचिवबाट सुरक्षा सल्लाहकार बनाएको हो ।

उनलाई यस अगाडी संयुक्त राष्ट्रसंघको स्थायी नियोगका प्रमुख बनाउृने चर्चा पन िचलेको थियो । तर अनितममा सुरक्षा साल्लाहकार बनाइएको हो ।

प्रतिक्रिया