आइतबार, वैशाख २३, २०८१

एसीसी महिला टी-२०ः नेपालविरुद्ध पाकिस्तान ८७ रनमै अलआउट

मेरोन्यूज २०८० जेठ ३० गते ९:१५

काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपालले ८८ रनको लक्ष्य पाएको छ । नेपालले पाकिस्तानलाई १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट गरेको हो ।

Advertisement

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन् ।

प्रतिक्रिया