शनिबार, वैशाख २२, २०८१

फिफा यु–२० को उपाधी उरुग्बेलाई

मेरोन्यूज २०८० जेठ २९ गते ८:२५

ब्युनर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

Advertisement

निकै रोचक तथा प्रतिस्पर्धात्मक खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समय ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो । 

उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो । यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न सकेको थिएन । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेता बनेको छ ।  

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।
 

प्रतिक्रिया