बिहीबार, वैशाख २७, २०८१

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि माग्यो दरखास्त

मेरोन्यूज २०८० जेठ २६ गते १०:१५

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको हो ।

Advertisement

आयोगले इच्छुक व्यक्तिले विज्ञापन प्रकाशन भएको दिन शुक्रबारदेखि ३० दिनभित्र दरखास्त दिने समय तोकेको छ ।

दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया