शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा ३ वटा कम्पनीको बोनश शेयर सुचिकृत

मेरोन्यूज २०८० जेठ १४ गते १७:२७

काठमाडौं । नेप्सेमा आज ३ वटा कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त, एचआईडिसीएल र प्रभु इन्स्योरेन्सको बोनश शेयर सुचिकृत भएको हो । यी तीन कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर सूचिकृत भएको हो ।

स्वरोजगार लघुवित्तको २२ प्रतिशतले हुन आउने ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता बोनश शेयर, एचआईडिसीएलको ५ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३८ हजार १ सय ३३ दशमलव ७५ कित्ता बोनश शेयर र प्रभु इन्स्योरेन्सको ६ दशमलव ७० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार १ सय ६ दशमलव ७६ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

यी तीन कम्पनीको बोनश सुचिकृत भएसँगै लगानीकर्ताको आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया