बिहीबार, वैशाख २०, २०८१

प्रभासकाे ‘आदिपुरुष’को ट्रेलर रिलिज

मेरोन्यूज २०८० वैशाख २६ गते १७:०२

काठमाडौं । अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेननको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । निर्माताहरूले मुम्बईमा मंगलबार एक कार्यक्रम आयोजना गरेर फिल्मकाे ट्रेलर सार्वजनिक गरेका हुन् ।

ट्रेलरमा के छ ?

ट्रेलरकाे सुरूवात पवन पुत्र हनुमानबाट हुन्छ । पृष्ठभूमिमा रामचरित मानसको चौपई ‘मंगल भवन ए मंगल हरि’ सुनिन्छ। हनुमानको ‘गेटअप’मा देवदत्त नागे भन्छन् -‘यो कथा मेरो भगवान श्री रामको हो, जो मानवबाट भगवान बने।’ रामायणको यो कथा युगौंदेखि जीवित छ। यस संवादमा प्रभु श्रीरामको गेटअपमा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नीको झलक देख्न सकिन्छ । रामकथामा आधारित यो चलचित्र ठूलो बजेटमा बनेकाे छ । फिल्म जुन १६ मा तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।

ट्रेलरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया