सोमबार, वैशाख १७, २०८१

नुवाकोटका घिमिरे काठमाडौंको होटलमा अर्धचेत अवस्थामा भेटिए

मेरोन्यूज २०८० वैशाख १९ गते १०:२९

काठमाडौं । नुवाकोटको विदुर–११ घर भएका नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको छ । उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको जानकारी आएको प्रहरीले जनाएको छ ।

घिमिरे बेपत्ता भएको भन्दै परिवारले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । घिमिरे पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।

प्रतिक्रिया