सोमबार, वैशाख १७, २०८१

चार प्रदेशका पहाडी भू-भागमा वर्षा

मेरोन्यूज २०८० वैशाख १७ गते ६:२३

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकभर आँशिक बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक र दुई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ।

दिउँसो देशभर आंशिक बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मेघ गर्जन, चट्याङ र हावा–हुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया