शुक्रबार, वैशाख २१, २०८१

प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे महन्थ ठाकुर

मेरोन्यूज २०८० वैशाख १३ गते १५:११

काठमाडौं । लोकतानित्रक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदरवार पुगेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ठाकुरले दिउासो प्रधानमन्त्री प्रचण्डसग भेटवार्ता गरेका हुन् ।

ठाकुरको दल लोसपा पनि अहिले सरकारमा छ । सरकारमा उनको दलका तर्फबाट शरदसिंह भण्डारीले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

ठाकुरले प्रधानमन्त्रीसग समसामायिक राजनीति, अबको बजेट लगायतका विषयमा केन्द्रीत रहेर कुराकानी गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया