शुक्रबार, वैशाख २१, २०८१

आज पनि संसद्‍मा संसदीय समिति गठनको प्रस्ताव पेस नहुने

मेरोन्यूज २०८० वैशाख १३ गते १३:२३

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संसदीय समिति गठनको प्रस्ताव पेस नहुने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठन र सदस्य मनोनयनको प्रस्ताव पेस नहुने भएको हो ।

संसद् बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने थियो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरुले आफ्ना प्रतिनिधिको नाम नदिएपछि समिति गठन र सदस्यको मनोनयनको प्रस्ताव पेस नहुने निश्चित भएको हो ।

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठकमा भोलिसम्म नाम दिन दलहरूलाई आग्रह गरेका छन् । संसदीय समिति गठन गर्न नसक्दा संसदीय काम कारबाही प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया