शुक्रबार, वैशाख २१, २०८१

सार्वजनिक कार्यक्रममै सलमानलाई बिहेको प्रस्ताव, जवाफमा के भने ?

मेरोन्यूज २०८० वैशाख १३ गते १३:२५

काठमाडौं । बलिउड अभिनेता सलमान खान पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ को कारण चर्चामा छन् । उनी अहिले कार्यक्रमहरुमा व्यस्त छन् । हालै उनी एक कार्यक्रममा सहभागी हुन दुबई पुगेका थिए। यसै क्रममा एक फ्यानले उनलाई विवाहको प्रस्ताव राखेकी छन्।

सार्वजनिक भिडियोमा सलमान हजारौंको भिडमा स्टेजमा देखिएका छन् । यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ । यसैबीच एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याइन् ।

यसको जवाफ दिँदै सलमानले भने, ‘अब उनीहरुसँग गर ।

त्यसपछि त्यहाँ उपस्थित एक महिला कराइन्, ‘बिहे नगर्नु सलमान, बिहे नगर्नु ।’ यसमा प्रतिक्रिया दिँदै सलमानले भने ‘बिल्कुल सही’ ।

प्रतिक्रिया