शुक्रबार, वैशाख २१, २०८१

फिल्म ‘चोर पुलिसः टम एण्ड जेरी’ बनाउँदै निर्देशक मुकुन्द

मेरोन्यूज २०८० वैशाख १३ गते १२:५१

काठमाडौं । निर्देशक मुकुन्द भट्टले ‘एक्स ९’भन्दा अगाडि ‘चोर पुलिसः टम एण्ड जेरी’ फिल्म बनाउने भएका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको हो।

फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अर्पण थापा, शक्ति श्रेष्ठ र अनुप विक्रम शाहीको फिल्ममा मुख्य भूमिका रहने जनाइएको छ ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेलको पनि अभिनय रहनेछ । फिल्मका लागि मुख्य अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया र नेपालमा फिल्म खिचिनेछ।

निर्देशक भट्टले यसअघि पनि ‘लेभलः एक्स नाइन’ गर्ने घोषणा गरेका थिए । तर केहि समस्याले यसको छायांकन हुन सकेन । यसको छायांकन अब प्रदीप खड्काको ‘क्यामिनो’पछि गर्ने तयारी रहेकाे बताइएकाे छ।

भट्टले यसअघि ‘लप्पन छप्पन’को दुईटा श्रृंखला निर्देशन गरेका थिए ।

प्रतिक्रिया