शनिबार, वैशाख २२, २०८१

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिदा एकको मृत्यु आठ घाइते

हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी

मेरोन्यूज २०८० वैशाख ७ गते १४:१४


काठमाडौँ। जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बन्दै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका एक जना श्रमिकको ज्यान गएको हो  ।

Advertisement

नलगाढ नगरपालिका १२ मा पर्ने पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।

घाइतेहरूको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मगाएर नेपालगञ्ज पु¥याउने तयारी भइरहेको प्रजिअ पन्तले मेरोन्युजलाई जानकारी दिए ।

घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

केही बेरअघि कामदारहरूले काम गरिरहेकै अवस्थामा पुल भाचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दार गरिरहेको छ ।

प्रतिक्रिया