शनिबार, वैशाख २२, २०८१

पाँच प्रेदशका पहाडी भू-भागमा पानी पर्ने

मेरोन्यूज २०८० वैशाख ५ गते ६:१७

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ।

Advertisement

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्, तराईमा हावा–हुरी तथा उपत्यकालगायत देशका धेरै भू–भागह लाग्ने तुवालोबाट भइरहेको वायु प्रदुषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मशाहाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया