आइतबार, वैशाख २३, २०८१

सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

मेरोन्यूज २०८० वैशाख ४ गते ९:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री राखे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडक पेटीमा नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।

Advertisement

सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिँदै महानगरले त्यसको नगरेमा कारबाह िगर्ने चेतावनीसमेत दिएको छ ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन र सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल संकेत गर्नसमेत अनुरोध गरेको छ ।

निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ ।

महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको भन्दै सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

प्रतिक्रिया