शनिबार, वैशाख २२, २०८१

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

मेरोन्यूज २०८० वैशाख ४ गते ६:२२

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भू–भागमा आँशिक बदली रहेको छ।

Advertisement

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यकालगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।

पहाडी भु–भागमा चट्याङ तथा तराईमा हावा–हुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया