आइतबार, वैशाख २३, २०८१

ट्विटरमा पुरानै लागाे फर्कियाे, ‘डगि’ हटाएर पुनः चरा

मेरोन्यूज २०७९ चैत २४ गते १२:०४

काठमाडाैं । विश्वका धनाड्य मध्यका एक एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो फेरि परिवर्तन गरेका छन् । तीन दिनअघि उनले नीलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो बनाएका थिए । यद्यपि, यो परिवर्तन वेब संस्करणमा मात्र गरिएको थियो, एपमा भने थिएन । अब पुनः ट्विटरमा नीलो बर्ड लोगो ल्याइएको छ। यो लोगो वेब र एप दुवैमा देखिने छ। लोगोमा परिवर्तन पछि, क्रिप्टोकरेन्सी डजकोइनमा गिरावट आएको छ।

Advertisement

ट्विटरको लोगो परिवर्तन हुनासाथ प्रयोगकर्ताहरू छक्क परेका थिए। कयौंले यसलाई अप्रिल फूलको मजाक हो भन्ने पनि सोचे। केहिले ट्विटर ह्याक भएकाे अनुमान गरे। तर केही समय पछि, एलोन मस्कले एक ट्वीट गरे, जसले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट गर्यो।

लोगो बदलेपछि मस्कले एक पुरानो स्क्रिनसट साझा गरेका थिए जसमा एक प्रयोगकर्ताले कमेन्ट थियाे, ‘मस्कले ट्विटर किन्नु पर्छ र लोगोलाई डगिमा परिवर्तन गर्नुपर्छ।’ यसकाे स्क्रिनसट सेयर गर्दै मस्कले भने, ‘वाचा अनुसार कम्पनीको लोगो परिवर्तन गरेको छ ।’

प्रतिक्रिया