शुक्रबार, वैशाख १४, २०८१

गृहमन्त्री श्रेष्ठले लिए मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

मेरोन्यूज २०७९ चैत १९ गते १२:३७

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् ।

पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया