मंगलबार, वैशाख २५, २०८१

१८८ किलाे गाँजा बरामद

मेरोन्यूज २०७९ चैत १२ गते १९:१५

काठमाडौँ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाध इलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरीले गाँजा बरामद गरिएको छ ।

Advertisement

सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करिव एक सय ८८ केजी गाँजा बरामद गरेको हो । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्ना सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।

प्रतिक्रिया