बुधबार, वैशाख २६, २०८१

नियन्त्रित लागू औषधसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ चैत ११ गते १७:०३

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ३ झुम्साबाट नियन्त्रित लागू औषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित दुई जना पक्राउ परेको छ ।

Advertisement

कास्की अन्नपूर्ण गाउँपालिका ५ बिरेठाटी बस्ने ३५ वर्षीय सञ्जय मुल्मीसमेत दुई जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले ग ३ च ५९०१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया