शुक्रबार, वैशाख १४, २०८१

यमनमा शान्ति स्थापनाका लागि भएको भिडन्तमा १० सैनिकको मृत्यु

मेरोन्यूज २०७९ चैत ८ गते २१:०१

काठमाडौँ । अरब विश्वको सबैभन्दा गरिब देश यमनमा लामो समयदेखि जारी युद्ध रोक्न कूटनीतिक प्रयासका बावजुद यमनमा पुनः जारी द्वन्द्वमा कम्तीमा १० सैनिकको मृत्यु भएको सैनिक स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

तेलका लागि धनी मारिब प्रान्त मुख्य युद्ध भूमिमध्ये एक हो । विगत एक वर्षदेखि युद्धविरामका कारण छिटपुट भिडन्तबाहेक शान्ति कायम छ । इरान समर्थित हुथी विद्रोहीले पहाडी क्षेत्रमा आक्रमण गरेको र त्यस क्षेत्रमा सेना परिचालन गरिरहेको दुई सैन्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।

‘हुथी विद्रोहीले मारिबको दक्षिणमा पर्ने हरिब जिल्लामा आक्रमण गरेका र त्यस विद्रोहीले सफलता पाएको र यसका कारण दर्जनौं परिवार विस्थापित भएका छन्,’ नाम नबताउने शर्तमा एक सैनिकले बताए ।

‘झडपमा कम्तीमा १० जना सैनिकको मृत्यु भएको र कैयौँ आक्रमणकारीको मृत्यु भएको छ,’ स्रोतले भनेको छ । झडपको विस्तृत विवरण अर्का एक सैनिक अधिकारीले पुष्टि गरेका छन् ।

सोही जिल्लामा कम्तीमा चार जना सैनिक मारिएको एक महिनापछि भएको यो लडाइँले साउदी अरब र इरानले कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्न सहमति जनाएपछि नयाँ आशामा ठेस पुगेको छ ।

प्रतिक्रिया