संविधान र व्यवस्था उल्टाउने प्रयास हुँदैछ : प्रधानमन्त्री
मेरोन्यूज
२०७९ चैत ८ गते १६:१०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र व्यवस्थालाई उल्टाउने कोशिस भइरहेको दाबी गरेका छन् ।
आज राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।
‘समाजमा सामाजिक जागरण र दलित मुक्तिको अभियान, समाजमा त्यो आन्दोलन प्रक्रियाअगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा छ,’ उनले भने, ‘विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुन सक्छ ।’
सम्बन्धित
प्रतिक्रिया