मन्त्रालय भागबण्डा टुंग्याउन ४ बजे सत्ता गठबन्धनको बैठक

काठमाडौँ । मन्त्रालय भागबण्डा टुंग्याउन अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई बैठकका लागि बोलाएका हुन् ।
‘अपरान्ह ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीज्यूबाट आह्वान भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । आजै नभए भोलि बिहानसम्म केही मन्त्रीलाई भए पनि शपथ गराएर आफ्नो बोझ कम गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् ।
सरकारमा सहभागिताका हुने विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ छलफल भएको थियो । हिजो बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री दाहाललाई भेटेका थिए ।
अहिले सत्ता गठबन्धनमा माओवादी, कांग्रेससहित राििष्ट्रय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चासहितका पार्टीहरू छन् ।
प्रतिक्रिया