बुधबार, वैशाख २६, २०८१

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बनाउन मिल्दैनः एमाले

मेरोन्यूज २०७९ फागुन २७ गते १२:१५

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने बताएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा खसआर्यबाट पुरुष राष्ट्रपति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने बताएकाे हाे ।

Advertisement

राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने एमालेकाे ठहर छ ।

बैठकपछि एमालेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ’ ।

प्रतिक्रिया