मंगलबार, वैशाख २५, २०८१

राष्ट्रपति र उपराष्ट्रपतिको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव

मेरोन्यूज २०७९ माघ २५ गते १७:०१

काठमाडौं । प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ ।

Advertisement

समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।

मंगलरबार भएको छलफलको आधारमा सचिवालयले बनाएको याे खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ । यो प्रस्तावमा छलफल भने भएको छैन ।

प्रतिक्रिया