बुधबार, वैशाख २६, २०८१

समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता गर्ने विप्लवको घोषणा

‘जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता’ भन्ने नीति केन्द्रीय समितिबाट तय

मेरोन्यूज २०७९ माघ २५ गते १४:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसग पार्टी एकता गर्ने बताएको छ । पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गदै नेकपाका महासचिव विप्लवले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने निर्णय गरेको जानकारी दिए ।

Advertisement

पार्टीले ‘जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ । साथै पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधिनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजिविकाका क्षेत्रमा केन्द्रीत रहेर संघर्ष गर्ने निर्णय गरेको छ ।


६ महिने पार्टी अभियान तय गदै विप्लवको पार्टीले पार्टी संगठन सुढृढीकरण गर्ने नीति पनि बनाएको छ ।

हेर्नुहोस् वक्तब्य

प्रतिक्रिया