मंगलबार, वैशाख २५, २०८१

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने मुद्दा न्यायाधीश माथेमाको इजलासमा

मेरोन्यूज २०७९ माघ २५ गते ११:००

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।  

Advertisement

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।  

न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।

रिटमा संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।

रिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मत दिएकाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने भन्दै प्रमुख विपक्षी दलको सेवा सुविधा रोक्ने आदेश दिन माग गरिएको छ ।  

प्रतिक्रिया