बुधबार, वैशाख २६, २०८१

भुकम्पमा टर्कीका गोलकिपर तुर्कास्लानको निधन

मेरोन्यूज २०७९ माघ २५ गते ९:०१

इस्तानबुल । टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ ।  तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।

Advertisement

टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भुकम्पमा पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

प्रतिक्रिया