बुधबार, वैशाख २६, २०८१

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने

मेरोन्यूज २०७९ माघ २५ गते ७:५५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने निर्णय भएको जानकारी दिइन्।

Advertisement

‘हामीले रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने भनेका छौँ,’ चौधरीले भनिन्, ‘जेलको ढोका नखुलेसम्म सरकारको ढोका खुल्दैन। चाहे त्यसले जस्तोसुकै परिणाम ल्याउन् ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिँदैछन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सात सांसद निर्णायक बन्दा रावल नेतृत्वको सरकार संकटमा परेको छ।

शीर्ष नेताहरूले विश्वासको मत दिन चर्को दबाब दिए पनि नागरिक उन्मुक्ति पार्टी आफ्नो अडानमा अडिग छ ।

प्रतिक्रिया