बुधबार, वैशाख २६, २०८१

लुम्बिनीबाट राष्ट्रिय सभाको रिक्त सदस्यमा निर्वाचन आज

मेरोन्यूज २०७९ माघ २५ गते ६:४८

घोरही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको एक रिक्त सदस्यमा आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचननमा तीन उम्मेदवार छन् । सत्ता गठबन्धनबाट एमालेका कुमार दसौदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् । मतदान केन्द्र दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएको छ ।

Advertisement

एमाले सांसद खिमलाल भट्टराई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्टि«य सभा सदस्यबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

नागरिक उन्मुक्ति सत्तासिन दलभित्रै रहेपनि उसले लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचन र सूदुरपश्चिमको प्रदेश सरकारमा विपक्षीको भूमिकामा देखापरेको छ ।
निर्वाचन र सूदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा अलग रुपमा प्रस्तुत गर्न चाहेको छ । त्यही कारण प्रदेश सरकारलाई आजै हुने विश्वासको मत नदिने बताइरहेको छ ।
यता राष्ट्रिय सभामा कांग्रेस र एमालेका उम्मेदवारबीचमा आफनो पार्टीका तर्फबाट अलग्गै उम्मेदवार उठाएको छ । तर पनि एमालेले प्रदेश सरकार मा विश्वासको मत लिन र राष्ट्रिय सभा चुनावमा पनि नागरिक उन्मुक्तिकै साथ खोज्न अनेक प्रयास गरिरहेको छ ।

निर्वाचनका लागि दुई वटा मतदान केन्द्र बनाइएको छ । क केन्द्रमा प्रदेश सांसदहरु र ख केन्द्रमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहन्द्र कुँवरले जानकारी दिए।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ।

मतदान सकिएको आधा घण्टाभित्र मतगणना सुरु हुने र गणना सुरु भएको डेढ घण्टाभित्रै नतिजा आउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए।

प्रतिक्रिया