शुक्रबार, वैशाख १४, २०८१

माओवादी स्थायी समितिमा पार्टी एकता, संगठन र स्कुलिङसम्बन्धी प्रतिवेदन पेस

मेरोन्यूज २०७९ माघ १३ गते १७:२८

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा तीन प्रतिवेदन पेस भएका छन् ।

शुक्रबारको बसेको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी, नेता जनादर्न शर्माले संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा पेस गरेको प्रतिवेदनमाथि २७ सदस्यले धारणा राखेको जानकारी दिए ।

बैठक पुनः माघ १६ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया