शुक्रबार, वैशाख १४, २०८१

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

मेरोन्यूज २०७९ माघ १० गते १९:४६

काठमाडौँ । बागलुङमा १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए । 

प्रतिक्रिया