बुधबार, वैशाख २६, २०८१

सिंहको टाउको लिएर इभेन्टमा पुगिन् काइली जेनर

मेरोन्यूज २०७९ माघ १० गते १३:५७

Advertisement

एक इभेन्टमा काइलीको असाधारण फेसन सेन्स देखेर मानिसहरु छक्क परेका थिए । काइलिले आफ्नो पोसाकको अगाडी एक सिंहको टाउको जोडेकी थिइन् ।

यो तस्बिरमा काइली कालो रंगको अफ सोल्डर गाउनमा देखिएकी थिइन् । उनका यी तस्बिरहरुले सामाजिक सञ्जालमा तुफान मच्चाइ रहेका छन् ।

काइलीको यो पहिरन देखेर प्रयोगकर्ताहरु आक्रोशित भइरहेका छन् र उनलाइ जनावरको फेसनको प्रचार नगर्न आग्रह गरेका छन् ।

काइली एक रियालिटी टिभी स्टार साथै सफल ‘विजनेसवुमन’ पनि हुन् । काइली सानाे उमेरमा अर्वपति बन्ने पहिलाे महिला हुन् ।

प्रतिक्रिया