बुधबार, वैशाख १९, २०८१

नेपालमा कोभिडको नयाँ भेरियन्ट छैन, उच्च जोखिम कायम : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७९ पुष ९ गते १४:५७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ।७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । 

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन ।’

यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि जनसमुदाय सजग एवं सचेत हुन आवश्यक भएको जनाएको छ ।

प्रतिक्रिया