शुक्रबार, वैशाख १४, २०८१

मेसीको गोलमा पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको अग्रता

मेरोन्यूज २०७९ मंसिर १८ गते १:४८

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रेलियाविरुद्धको खेलमा अग्रता लिएको छ ।


अहमद बिन अली रंगशालामा जारी खेलमा अर्जेन्टिना १-० ले अघि छ ‌।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरे । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो ।

अष्ट्रेलियाले अग्ला कदका खेलाडीको फाइदा उठाउँदै लामो बल खेल्दै डिफेन्स लाइन बिट गर्न खोजेको थियो । तर अर्जेन्टिनाको पेनाल्टी क्षेत्रतिर बल पुर्याउन नसक्दा अधिकांश आक्रमण प्रयास सफल हुन सकेन ।

अर्जेन्टिनालाई खेलको मध्य भागमा खेल्न नदिने हिसाबले मिडफिल्ड बलियो पारेको अष्ट्रेलियाको रणनीति ३५ मिनेटसम्म मात्र टिक्यो । खेलको सुरुवातदेखि कम्तीमा एक खेलाडीबाट मार्क भएका मेस्सीलाई खुला छोड्नु निर्णायक भयो ।

मेस्सीेेले पेनाल्टी क्षेत्र बाहिरबाट सुरु गरेको आक्रमण उनी आफैं दुइ पासपछि भित्र पसेर फिनिस गरे ‌‌।

खेलको ३५ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।

यस‌ खेलको विजेताले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया