शनिबार, वैशाख २२, २०८१

बाजुरामा खसेको मत भन्दा ३० मत बढी देखिएपछि मतगणना स्थगित

मेरोन्यूज २०७९ मंसिर १६ गते १०:२०

काठमाडौं । बाजुरामा बिहिबार बेलुकाबाट सुरू भएको मतगणना अहिले रोकिएको छ। जिल्लाका चार वटा मतदान केन्द्रको २ हजार ३ सय १२ मत खसेकोमा उक्त मतदान केन्द्रहरुमा ३० मत बढी देखिएपछि मतगणना रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले जानकारी दिए। उनले भने ‘उक्त विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, केहि छिनमै फेरि सुचारु हुन्छ । ’ खसेको मत भन्दा बढी मत भएपछि अहिले असमझदारी र विवाद सुरु भएको छ ।
कांग्रेसका बद्री पाण्डेले ५ हजार १ण्६ र एमालेका कर्ण थापाले ३ हजार ९ सय ९४ मत पाएका थिए।
पाण्डे थापा भन्दा १ हजार १ सय १२ मतले अघि छन्।

Advertisement

प्रतिक्रिया