सोमबार, वैशाख २४, २०८१

माओवादी महासचिव देव गुरुङ लमजुङबाट पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ८ गते ६:२२

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । उनी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका हुन् । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा देव गुरुङलाई पराजित गदैं पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए ।

Advertisement

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया