आइतबार, वैशाख २३, २०८१

केही घटनाबाहेक मतदान शान्तिपूर्ण : आयोग

मेरोन्यूज २०७९ मंसिर ४ गते १४:११

काठमाडौँ । निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट केही घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ ।

Advertisement

आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । 

सामान्य विवादले रोकिएका मतदान केन्द्रमा पुनः सुरु भइसकेको केहीमा मतदान कार्य सुरु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए । 

प्रतिक्रिया