आइतबार, वैशाख २३, २०८१

बाबुराम भट्टराईले गरे प्रचण्डलाई मतदान

मेरोन्यूज २०७९ मंसिर ४ गते १४:०७

गोरखा । पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।

Advertisement

उनले गोरखा पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेको बताए ।

‘राम्रा उम्मेदवारले जितुन्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरू होस्,’ मतदानपछि उनले भने ।

उनले मतदान गरेको क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् । सत्ता गठबन्धनमा रहेका नेता डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहालको पक्षमा मतदान गरेका हुन् ।
 

प्रतिक्रिया