बुधबार, वैशाख २६, २०८१

लेबनानलाई हैजाविरुद्धको छ लाख खोप प्राप्त

मेरोन्यूज २०७९ कार्तिक २५ गते १४:२९

काठमाडौँ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार हैजा खोपको विश्वव्यापी आपूर्ति व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी)बाट छ लाख डोज हैजा खोपको प्राप्त गरेको छ ।

Advertisement

खोपहरू स्वास्थ्य मन्त्रालयको केन्द्रीय औषधी गोदाममा पुर्‍याइएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नोभेम्बर १२ बाट खोप अभियानमा सुरु हुने बताइएको छ ।

अभियानले एक वर्ष वा माथिका सबै शरणार्थी र आयोजक समुदायलाई लक्षित गरिने बताइएको छ । आगामी तीन हप्तामा लक्षित जनसङ्ख्याको ७० प्रतिशतमा पुग्ने लक्ष्य रहेको जनाइएको छ ।

देशमा हैजाको प्रकोप द्रुत रूपमा फैलिरहेको हुँदा खोप महत्त्वपूर्ण उपकरण हुने लेबनानमा डब्ल्यूएचओ प्रतिनिधि अब्दिनसिर अबुबाकरले बताए ।

खोप आगमन समयमै भएकोमा लेबनानको जनस्वास्थ्य मन्त्रालय, संयुक्त राष्ट्र सङ्घका एजेन्सी र साझेदारसँगको सामूहिक प्रयासलाई अबुबाकरले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया