बुधबार, वैशाख २६, २०८१

इरानमा एक युवकको मृत्युलाई लिएर विरोध हुँदा १९ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज १५ गते १७:५५

काठमाडौँ । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रहरी र प्रदर्शनकारीका बीच भएको झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ । कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ ।

इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो । इरानको सुन्नी अल्प सङ्ख्यकका उपासकले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।

मस्जिदभित्रबाट खिचिएको एउटा भिडियोमा उपासक बाहिर निस्किँदै गर्दा बाहिर पड्किएको आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया