बिहीबार, वैशाख २७, २०८१

सेयर बजार दोहोरो अंकले वृद्धि, कारोबार रकम खुम्चियो

मेरोन्यूज २०७९ असोज १३ गते १६:०७

काठमाडौँ । आज सेयर बजार बढेर बन्द भएको छ । दसैंअघिको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से १६.२९ अंक वृद्धि भएको हो ।

Advertisement

बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको हो । नेप्से बढे पनि कारोबार रकममा करोडमा रोकिएको छ ।

बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक चारकरोड ८५ लाख ५० हजारको कारोबार हुँदा नबिल बैंकको दुई करोड ९० लाख ८७ हजार र नेपाल दूरसञ्चार कम्पनीको दुई करोड ६२ लाख ९६ हजारको कारोबार भएको छ ।

आज अभियान लघुवित्तको सेयर मूल्य सवार्धिक ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लगाउँदै मूल्यमा बन्द भएको छ । यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ५.७६ प्रतिशत र समिट लघुवित्तको सेयर मूल्य ५.४० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.९४ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया