बुधबार, वैशाख २६, २०८१

डा. गोविन्द केसीले अनशन तोड्ने सहमति

मेरोन्यूज २०७९ असोज ८ गते १८:४४

काठमाडौँ । आमरण अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोड्ने भएका हुन् ।

Advertisement

सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षरपश्चात डा. केसीले आजै साढे ७ बजे अनशन तोड्ने भएका हुन् ।

डा. केसी गत भदौ २७ भदौ गतेदेखि धनगढीको कृष्ण मन्दिरमा २० औँ पटक अनशनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नु पर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नु पर्ने माग राख्दै अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया