शुक्रबार, वैशाख १४, २०८१

थप एक जनाको मृत्यु, ७४ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ असोज ८ गते १५:२३
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल चार हजार १२६ जनामा परीक्षण हुँदा ७४ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा थप ११६ जना कोरोनाबाट निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८३ पुगेको छ ।

यस्तै, आज थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोभिड १९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गइसकेको छ ।

प्रतिक्रिया