बिहीबार, वैशाख २७, २०८१

संघीय निर्वाचन-२०७९

रुकुम-रोल्पामा माओवादीका आकांक्षी धेरै, कसले पाउला टिकट ?

रुकुम पश्चिममा जनार्दन शर्मा निर्विकल्प, रोल्पामा हेभिवेट ६ नेता सिफारिस

दया दुदराज २०७९ भदौ २३ गते १८:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको आधार इलाका हो, रुकुम–रोल्पा । यही जिल्लालाई आधार इलाका बनाउदै माओवादीले १० वर्षीय जनयुद्ध गरेको थियो ।

Advertisement

आधार क्षेत्र भएकाले यहाँबाट माओवादीमा धेरै नेता कर्याकर्ताको उत्पादन भएको छ । सगठन पनि यी जिल्लामा माओवादीको बलियो छ । अरु दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादी अझ बलियो नै देखिन्छ यी जिल्लामा ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत रुकुम पूर्वका सबै पालिकामा मओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । रुकुम पश्चिमको ६ पालिकामध्ये ४ पालिकामा माओवादीका उम्मदेवार निर्वाचित भए ।

यस्तै रोल्पाको १० पालिकामध्ये ८ पालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । स्थानीय निर्वाचनको परिणामबाट यी क्षेत्रमा माओवादीका नेताहरू उबेला देखि अहिलेसम्म निर्विकल्प हाबी छन ।

माओवादी केन्द्रको वर्चस्व भएकाले यी जिल्लामा माओवादीकै नेता तथा नेतृहरूबीच चुनावमा टिकट पार्टीबाट हत्याउने र चुनाव जित्ने ध्याउन्नमा देखिन्छन । रुकुम रोल्पामा माओवादीका नेताकार्यकर्ता मात्रै हाबी छैनन । पार्टी भित्र यी दुई जिल्लाका नेताहरू जनयुद्धकै बेलादेखि नै प्रतिस्पर्धा गरीरहेका छन ।

रोल्पाका नेताले अवसर पाउँद रुकुमका नेताहरु पनि भाग खोज्थे, रुकुमकाले अवसर पाउँदग रोल्पाकाले पनि हामीलाई खोइ ? भन्दै प्रतिस्पर्धा गर्दथे । त्यही सिलसिला माओवादीको गत ०७८ पुसमा सम्पन्न भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनमा पनि देखियो । महासचिव पदमा रोल्पाका बर्षमान पुन र रुकुमका जनार्दन शर्माले दावी नछाड्दा देव गुरुङले बाजि मार्ने अबस्था आयो । एकले अर्को नेतालाई स्वीकार गर्न नसक्दा रोल्पा रुकुम का माओवादी भित्र अस्वस्थ प्रतिस्पर्धा नै चल्ने गरेको छ ।

आधार क्षेत्रबाट नै उदमान भएका नेताहरू हालका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनबीच महासचिवका लागि भएको प्रतिस्पर्धाबाट यो प्रष्ट हुन्छ । एकै क्षेत्रका दुई नेताको प्रतिस्पर्धाले माओवादीले लमजुङका देव गुरुङलाई महासचिव बनाएको हो ।

रुकुम जिल्लाभित्रै माओवादी केन्द्रमा दुई धार छन् । पार्टीभित्र भएको दुई धारलाई नियन्त्रण गर्नका लागि चलाखीपूर्ण तवरले त्यसबेला यो जिल्ला दुई जिल्लामा बाडियो । संविधान निमार्णपछि क्षेत्र निर्धारण गर्दा रुकुमलाई दुई वटा बनाइएको थियो । टुक्रिएका रुकुम पूर्व रोल्पासँगै लुम्बिनी प्रदेशमा पर्दछ भने रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्दछ ।

रुकुम पूर्व गणेशमान पुन, कमला रोका, दलजित श्रीर्पालीलगायत नेताहरु निर्विकल्प छन् । त्यस्तै रुकुम पश्चिममा जनार्दन शर्मा, गोपाल शर्मालगायत नेताहरु निर्विकल्प छन् । रुकुम पूर्व र पश्चिम साथै रोल्पामा एक–एक वटा निर्वाचन क्षेत्र छन् । तर, यी निर्वाचन क्षेत्रबाट सम्सदमा प्रतिनिधित्व गर्ने नेताहरु धेरै भएकोले र अहिले टिकटको दावी गर्ने नेताहरु पनि धेरै देखिएका छन ।


नेताको तुलनामा यहाँको निर्वाचन क्षेत्र कम छ । चुनावमा लड्ने क्षेत्र नभएपछि अन्य जिल्लामा गएर निर्वाचन लड्नेसमेत यहाँबाट जन्मे हुर्केका र त्यही राजनिती गरेका नेताहरुले गरेका छन । यसको उदाहरण पूर्वसभामुख कृष्ण बहादुर महरा हुन् । उनले ०७४ को निर्वाचनमा रोल्पाबाट टिकट नपाएपछि दाङबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले ४० हजार ४२ मतसहित दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।

माओवादीका उपमहासचिव तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा अहिले रुकुम पश्चिममा निर्विकल्प छन् । उनले चाहँदासम्म अन्य नेताहरूले रुकुम पश्चिम् बाट मुखै खोलेर दावी गर्दैनन् । तर रुकुम पूर्व र रोल्पामा नेताहरू अधिक रहेकोले टिकट खोज्नेहरु धेरै छन । यो पटक उम्मेदवार धेरै देखिएकोले माओवादीले जिल्लाको बैठक नै निरन्तर २/३ दिनसम्म राखेरै भएपनि उम्मेदवार सर्बसहमत बनाउन सकेन ।

टिकट अर्काले लैजाने डरले नेताहरू एक अर्काप्रति रोल्पा र रुकुम पुर्बमा सशंकित छन् । यसपटक समानुपातिक सांसद् रहिसकेकाहरूलाई कांग्रेस र एमालेले नदोहोर्याउने भनेपछि माओवादीमा पनि अवस्था तस्तै बन्दै जान थालेको छ । यद्यपि, माओवादीले समानुपातिक दोहोर्‍याउने या नदोहोराउने कुनै निर्णय गरिसकेको छैन । लगातार समानुपातिक बसिरहेका महिला नेतृहरु पनि समानुपातिक नदोहोर्‍याउन भन्दै आफुहरुलाई प्रत्यक्षमा टिकट दिन माग गर्दै उम्मेदवारी दावी गरिरहेका छन । जसका कारण पनि माओवादी लाई आफनै आधार इलाकामा टिकट वितरण गर्दा कस्लाई दिने भन्ने निर्णय लिन सकस छ ।


कुन जिल्लाबाट कोको भए सिफारिस ?

रोल्पा

भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले रोल्पाबाट ६ जनाको नाम सिफारिस गरेको छ । बैठकले कृष्णबहादुर महरा, वर्षमान पुन मगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ ।

सबै नाम प्रतिनिधिसभाको एउटा क्षेत्रको उम्मेदवारमा सिफारिस भएका हुन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तारा घर्तीमगरको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ जोखबहादुर महरा, सुकबहादुर वुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ आशबहादुर पुन, मिना खड्का र कुष्मा पुनमगरको नाम सिफारिस भएको छ ।

(ख) मा प्रत्यक्षतर्फ कुलप्रसाद केसी, दीपेन्द्र पुन मगर, राजवहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) को समानुपातिकतर्फ त्रिपनी वैजाली मगर, धनिकला वुढामगर, मानसिंह विश्वकर्मा, हितकुमारी बुुढामगर, लालसरी घर्तीमगर, भाविसरा वन्दीपुरे खड्का, शान्तराज बोहरा, गोविन्द पुन, रामबहादुर वली, भक्ताबहादुर वली र पूर्णबहादुर दमाईको नाम सिफारिस गरेको हो ।

रुकुम पूर्व

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रुकुम पूर्वमा ५ जना सिफारिस भएका छन् । सिट संख्या एउटा मात्रै रहेको रुकुम पूर्वमा कमला रोकासहित उनका श्रीमानसमेत रहेका नेता गणेशमान पुन, लुम्बिनी प्रदेशका अहिले सभामुख रहेका पूर्णबहादुर घर्तीमगर (आयाम), दलजीत श्रीर्पाइली (प्रशान्त) र जुनकुमारी रोका सिफारिसमा परेका हुन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ जगत घर्ती र सुवोध श्रीर्पाइली सिफारिसमा परेका छन् ।

प्रदेश सभा (क)को प्रत्यक्षतर्फ तेजबहादुर वली, रामसुर बुढा मगर, जीताराम कामी, भीम कुमारी पुनमगर, संगम रोका मगर, ओमकुमारी शाही, कालिप्रसाद रोकामगर र तारक पुनलाई सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ कुमारी बराल, लालबहादुर विष्ट, धनमान पुनमगर, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ । प्रदेशसभा समानुपातिकतर्फ दिलु बुढामगर, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भुलबहादुर विकको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले जानकारी दिएको छ ।

रुकुम पश्चिम

नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा तर्फको एम्मेदवारमा उनको एकल नाम सिफारिस भएको हो ।

यस्तै, प्रदेशसभा तर्फबाट (क) महेन्द्र केसी (पारसमणि) र प्रदेश (ख) तर्फबाट राजकुमार शर्मा (आर्ट) सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको हो । निर्वाचन नजिकिएसँगै दलहरूले उम्मेदवार सिफारिस गर्ने क्रमलाई तीव्र बनाएको छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया